← समाचारमा फर्कनुस्
Martial Arts Aug 08, 2024 · Swadesh

रिक्शन र सुस्मिता आइटिएफ तेक्वान्दोको वर्ष उत्कृष्ट खेलाडी

रिक्शन र सुस्मिता आइटिएफ तेक्वान्दोको वर्ष उत्कृष्ट खेलाडी

काठमाडौं । बागमती प्रदेशका रिक्शन वाइबा र गण्डकी प्रदेशकी सुस्मिता थापा यस वर्ष नेपाल आइटिएफ तेक्वान्दोका उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल आइटिएफ तेक्वान्दो महासंघले आफ्नो २७औं वार्षिकोत्सवका अवसरमा यस वर्ष उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीसँगै प्रशिक्षक र जिल्लालाई पुरस्कृत गरेको हो । कोशीकी सजिना तामाङ यस वर्षको उदीयमान खेलाडीका रूपमा पुरस्कृत भइन् । महासंघले आफ्नो २७औं स्थापना दिवसका अवसरमा सामाजिक क्षेत्रमा विभिन्न गतिविधि पनि गरेको थियो । यस अवसरमा महासंघले मानव सेवा आश्रममा खाना खुवाउने, रक्तदान गर्ने र सरसफाइलगायत गतिविधि गरेको महासंघका अध्यक्ष प्रविणकुमार कार्कीले जानकारी दिए ।

महासंघले अन्तिम दिने भने वर्षभर उत्कृष्ट योगदान दिने खेलाडी, प्रशिक्षक, प्रदेश र जिल्लालाई पुरस्कृत गरेको हो । यस वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड लुम्बिनीका कृष्ण थापामगरले प्राप्त गरे । महासंघले उदीयमान प्रशिक्षकका रूपमा मनोज पुलामी मगरलाई पुरस्कृत गरेको छ । उत्कृष्ट प्रदेश लुम्बिनी र उत्कृष्ट जिल्ला काठमाडौंले प्राप्त ग¥यो । अवार्ड प्राप्त गर्ने खेलाडीलाई नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, राष्ट्रिय खेलकुद परिषद्(राखेप) का बोर्ड सदस्य अन्जन धमला र महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीलगायतले पुरस्कृत गरेका थिए ।

महासंघका अध्यक्ष कार्कीले खेलकुदसँगै सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक कार्य गर्दै आएको बताए । साथै लामो समयदेखि विभिन्न भूमिकाबाट आइटिएफ तेक्वान्दोको विकासमा योगदान दिँदै आएका तेक्वान्दोकर्मीलाई थप प्रोत्साहित गर्न सम्मान गरिँदै आएको कार्की भनाइ छ । सो अवसरमा मन्त्री गुरुङले खेल क्षेत्रको विकासको लागि पूर्वाधारको विकासमा जोड दिनुपर्ने बताए । खेलकुद क्षेत्रको विकासका लागि सरकारले कम प्राथमिकतामा राखेको मन्त्री गुरुङको भनाइ थियो । खेलक्षेत्रमा दक्ष जनशक्ति अभाव रहेको उल्लेख गर्दै उनले खेलमा भएका बेथिति र राजनीतिकरणको अन्त्य गर्नुपर्ने धारणा राखे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →