← समाचारमा फर्कनुस्
Football Nov 12, 2026 · Swadesh

बंगलादेश समुह विजेता बनेर सेमिफाइनलमा

बंगलादेश समुह विजेता बनेर सेमिफाइनलमा

साफ च्याम्पियनसिप २०२६ अन्तर्गत समूह ए को अन्तिम खेलमा बंगलादेशले श्रीलंकालाई ४-० ले पराजित गर्दै समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार ढाकास्थित राष्ट्रिय रंगशालामा भएको खेलमा बंगलादेशले सुरुदेखि नै दबदबा कायम राखेको थियो।

खेलको आठौं मिनेटमा शमित शोमले गोलकिपरको गल्तीको फाइदा उठाउँदै बंगलादेशलाई पहिलो गोलको अग्रता दिलाए। त्यसपछि ४४औं मिनेटमा कप्तान हम्जा चौधरीले व्यक्तिगत प्रयासमा शक्तिशाली गोल गर्दै पहिलो हाफमै अग्रता दोब्बर बनाए।

दोस्रो हाफमा पनि बंगलादेशको आक्रमण जारी रह्यो। ५३औं मिनेटमा फरहान अली वाहिदले धेरै डिफेन्डरलाई छल्दै शानदार एकल गोल गरे। खेलको ८७औं मिनेटमा रकिब हुसेनले गोलकिपरलाई एक्लै छल्दै गरेको शान्त गोलले बंगलादेशको ४-० को स्पष्ट जित सुनिश्चित गर्यो।

यो जितसँगै बंगलादेश समूह ए को विजेता बन्दै अपराजित रूपमा सेमिफाइनलमा पुगेको छ र १४ नोभेम्बरमा पाकिस्तानसँग खेल्नेछ। यता, यो पराजयसँगै श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ।

खेलको क्रममा बंगलादेशका डिफेन्डर साद उद्दीनको खुट्टाको चोटका कारण स्ट्रेचरमा मैदानबाट बाहिरिनुपर्यो, जसले गर्दा उनी आगामी सेमिफाइनलमा खेल्न नसक्ने सम्भावना रहेको छ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →