LIVE
All Scores →
← समाचारमा फर्कनुस्
Football Jun 16, 2026 · Swadesh

साउदी अरेबियासँग पनि उरुग्वेको बराबरी

साउदी अरेबियासँग पनि उरुग्वेको बराबरी

विश्वकप २०२६ को मंगलबार लगातार बराबरीको नतिजा आउने क्रममा साउदी अरेबिया र उरुग्वेले पनि यस्तै नतिजाको खेल खेलेका छन् । मियामी स्टेडियममा भएको खेलमा उरुग्वेले साउदी अरेबियासँग १–१ को बराबरीमा चित्त बुझाएको हो ।

साउदी अरेबियाले खेलको ४१ औं मिनेटमा अब्दुलेलह अल आमरीको गोलले अग्रता लिएको थियो । खेलको अधिकांस समय आफ्नो नियन्त्रणमा राखेको उरुग्वेले ८० औं मिनेटमा बराबरी गोल फर्काएको थियो र यो म्याक्सिमिलिनो अराउजोको नाममा रह्यो ।

यो नतिजापछि समूह एच मा उरुग्वे र साउदी अरेबिया नै शीर्ष दुई स्थानमा रहे । यसअघि यही समूहको खेलमा स्पेन र केपभार्डेले गोलरहित बराबरी खेलेका थिए । चारै टिम समान एक एक अंकमा रहेका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group K
1 Congo DR 1 1
1 Portugal 1 1
3 Colombia 1 1
3 Uzbekistan 1 1
सबै समूह →