← समाचारमा फर्कनुस्
अस्ट्रेलियालाई हराएर अमेरिका नकआउट चरणमा

सह–आयोजक अमेरिका एक खेल अगाडि नै विश्वकप २०२६ को नकआउट चरण पुगेको छ । अमेरिकाले शनिबार भएको सममूह डी को खेलमा अस्ट्रेलियालाई २–० ले पराजित गर्दै छ अंक बटुल्न सफल रह्यो ।
अमेरिका दुई खेलपछि अधिक्तम अंक हात पारेर समूहको शीर्षमा रहेको छ । कयमनरु ब्रुगेसले ११ औं मिनेटमा आत्मघाती गोल गरेपछि अमेरिका खेलमा अगाडि रहेको हो । त्यसपछि एलेक्स फ्रिमनले ४४ औं मिनेटमा दोस्रो गोल थपे ।
पूरा खेल अवधिमा अस्ट्रेलिया आफ्नो प्रतिद्वन्द्वी अगाडि कमजोर टिम रह्यो । यसअघि अर्को सह–आयोजक मेक्सिको पनि समूह ए बाट नकआउट चरण पुग्ने निश्चित भइसकेको थियो । यस्तो अमेरिका अन्तिम ३२ मा प्रवेश गर्ने दोस्रो टिम भएको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women