← समाचारमा फर्कनुस्
युनाइटेड घरमै स्तब्ध

म्यानचेस्टर युनाइटेड ५० वर्षयता पहिलो पटक घरमा दुई गोलले अगाडि रहेको स्थितिमा बुधबार पराजित भएको छ । लिगकपको तेस्रो चरणमा ब्राइटनले युनाइटेडलाई ३–२ ले हराएको हो ।
ओल्ड ट्राफोर्डमा युनाइटेडले सुरुमै सिए लेसी र मेसन माउन्टको गोलले अगाडि रहेको थियो । ब्राइटनका लागि त्यसपछि चारालाम्पोस कोस्टोलास र पास्कल ग्रोसले गोल गर्दै खेल बराबरीमा ल्याए ।
म्याक्सिम डे क्युपरले ७० औं मिनेटमा तेस्रो तथा निर्णायक गोल गरे र यस नतिजासँगै युनाइटेड लाजमर्दो स्थितिमा प्रतियोगिताबाट बािहरिउको छ ।
सन् १९७६ मा अन्तिम पटक ओल्ड ट्राफोर्डमा दुई गोलले अगाडि रहेर पराजित भएको थियो । त्यति बेला युनाइटेडलाई टोटनहमले हराएको थियो ।
प्रतियोगिताका अन्य खेलमा एभरटनले उल्भ्सलाई १–० र एस्टन भिल्लाले कभेन्ट्रीलाई ३–१ ले पराजित गरेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |