← समाचारमा फर्कनुस्
सेभियासँग हारेपछि भ्यालेन्सिया अझ दबाबमा

सेभियाले स्पेनी ला लिगामा शुक्रबार भ्यालेन्सियालाई १–० ले पराजित गरेको छ । यो हारले भ्यालेन्सिया अझ बढी दबाबमा रहनेछ । सेभियाका लागि खेलको एक मात्र निर्णायक गोल जुवान इग्लेसिसले दोस्रो हाफको अन्त्यतिर गरे ।
खेल गोलरहित बराबरीतर्फ अग्रसर भइरहेको बेला उनले ८१ औं मिनेटमा गोल गरे र आफ्नो टिमलाई पूरा तीन अंक दिलाए । यो जितपछि सेभिया पाँच खेलबाट दस अंक बटुल्दै तेस्रो स्थानमा उक्लेको छ । भ्यालेन्सिया भने सबैभन्दा पुछारमा छ ।
टिम २० औं स्थानमा रहने क्रममा अहिलेसम्म खेलेका पाँच खेलबाट भ्यालेन्सियाले एक अंक मात्र बटुल्न सकेको छ र चार खेलमा हार बेहोरेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |