Share on:

डर्टमन्ड च्याम्पियन्स लिगको फाईनलमा प्रवेश
May 8th, 2024

बोरुसिया डर्टमन्ड च्याम्पियन्स लिगको फाईनलमा प्रवेश गरेको छ। पार्क डेस प्रिन्सेसमा मंगलबार राति भएको सेमिफाइनल दोस्रो लेगमा पीएसजीलाई १-० गोलले पराजित गर्दै डर्टमन्ड फाइनलमा पुगेको हो। समग्रमा डर्टमन्डले पीएसजीलाई २-० गोल अन्तरले पराजित गरेको हो।


पहिलो लेगमा पनि डर्टमन्टले पीएसजीलाई १-० गोलले पराजित गरेको थियो।  मंगलबारको खेलमा डर्टमन्डका लागि म्याट्स हुम्लेसले गोल गरेको थियो। उनले खेलको ५०औँ मिनेटमा जुलियन ब्रान्डको पासमा गोल गरेका थिए।


डर्टमन्डले फाइनलमा रियल मड्रिड र बायर्नबिच विजेता टोलीसँग खेल्नेछ। जर्मनीमा भएको सेमिफाइनलको पहिलो लेगमा यी दुई टोलीले २–२ गोलको बराबरी खेलेका थिए। बुधबार यी दुई टोलीले रियलको मैदानमा दोस्रो लेग खेल्नेछन्।


Swadesh Maharjan | May 8th, 2024

Comments

No comments yet.