काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई पराजित भएको छ।
सोमबार सम्पन्न ३०औं खेलमा सुदूरपश्चिम एपीएफसँग ४५ रनले पराजित भएको हो। यो हारसँगै सुदूर ७ खेलबाट १० अंकसहित दोस्रो स्थानमा झरेको छ। सुदूरपश्चिमलाई हराएको एपीएफ ७ अंकमा तालिकाको छैटौँ स्थानमा उक्लियो।
एपीएफले दिएको २६० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४६.३ ओभरमा २१४ रनमा अलआउट भयो। सुदूरपश्चिमका अशोक धामीले अर्धशतक पूरा गरे।
ओपनर अविशेक पलले ४४, दिपक बोहोराले २४ र मिलन बोहोराले २३ रन थपे। खडक बोहोरा १६ र नरेन भट्ट १५ रनमा आउट भए। एपीएफका युवराज खत्रीले ५ विकेट लिए। अविशेक गौतमले दुई विकेट लिए। कमल ऐरि र रोहित पौडेलले समान एक विकेट आफ्नो नाममा गरे।