
काठमाडौँ। बसिर अहमतको अर्धशतकको सहयोगमा कर्णाली याक्सलाई हराउँदै विराटनगर किंग्सले चौथो जित दर्ता गरेको छ।
कर्णालीले दिएको १६१ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्सले निर्धारित १९।५ ओभरमा ७ विकेट गुमाएर १६३ रन बनाउँदै लक्ष्य पूरा गर्यो।
विराटनगरको लागि ३५ बलमा बसिर अहमले अर्धशतक पूरा गरे। उनले तीन चौका र दुई छक्का प्रहार गरे। उनले ४३ बलमा ६३ रन बनाउँदै टिमलाई अन्तिममा छक्का प्रहार गरेर जित दिलाए। कप्तान सन्दीप लामिछानेले चार बलमा ६ रन बनाए।
यस्तै, नारायन जोशीले १६ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै २५ रन बनाएर आउट भए। साहिल पट्टेलले १९, साम हेज्लेटदे १६ रन बनाउँदा ओपनर लोकेश बम र प्रतिश जिसीले समान ६ रन बनाए।
यता, कर्णालीका लागि गुलसन र सोमपालले समान दुई विकेट हात पारे।
त्यसअघि त्रिवि क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ रोजेको कर्णाली निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६० रन बनाएको थियो।
कर्णालीको लागि प्रियंक पञ्चालको अर्धशतकिय पारी खेले। उनले ४७ बलमा ६ चौका र दुई छक्काको सहयोगमा ६३ रन बनाए। यस्तै, विलियन बोसिस्टोले ४८ रन बनाए। उनले ४८ बलमा दुई चौका प्रहार गरे।
दोस्रो विकेटको लागि विलियन र प्रियंकले ९२ रनको साझेदारी गरे। मार्क वार्ड ९ बलमा ६ रन बनाएर क्याच आउट भए। गुलसन झाले १० बलमा एक छक्का र दुई चौका प्रहार गर्दै २० रन बनाएर आउट भए।
यता, विराटनगरको लागि बलिङतर्फ मर्चान डि लेङ्ले र कप्तान सन्दीप लामिछानेले एक विकेट लिए।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]