काठमाडौँ । क्यानडा २०२६ मा हुने आइसीसी टी-२० विश्वकपका लागि छनाेट भएको छ।
क्यानडा अमेरिकी क्षेत्रबाट टी-२० विश्वकपमा छनाेट भएको हो। अमेरिकी छनाेट खेलिरहेको क्यानडाले छनौट खेलमा लगातार पाँच जित हासिल गर्दै शीर्ष स्थानमा रहेर विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो।
अमेरिका र वेस्टइन्डिज भने २०२४ को विश्वकपमा शीर्ष ७ भित्र परेकाले स्वत: विश्वकपमा छनौट भएका छन्। २०२६ को पुरुष क्रिकेटको टी-२० विश्वकप भारत र श्रीलंकामा हुँदैछ।
Comments
No comments yet.
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]