
चेन्नाइ सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा मुम्बई इन्डियन्समाथि शनिबार यो सिजनको दोस्रो जित निकालेको छ । यस आठ विकेटको जितले चेन्नाइको आठ अंक भएको छ र छैटौं स्थानमा रह्यो ।
मुम्बई भने चार अंकमा सीमित छ र प्रतियोगिताबाट बाहिरिने सम्भावनामा पुगेको छ । चेन्नाईमा मुम्बईले पहिले ब्याटिङ गर्दै सात विकेटमा १ सय ५९ रन बनाएको थियो र त्यसमा नमन धिरले सर्वाधिक ५७ रन बनाए ।
जवाफमा कप्तान ऋतुराज गायकवाडको ६७ र कार्तिक शर्माको ५४ रनको मदतले चेन्नाइले १८.१ ओभरमा दुई विकेट मात्र गुमाएर १ सय ६० रन बनायो ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]