Share on:

चितवन र विराटनगर आज आमनेसामने
November 26th, 2025
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज पनि एक खेल हुँदैछ। दिउँसो ४ बजेदेखि हुने खेलमा विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने हुनेछन्।

जारी प्रतियोगितामा विराटनगर किंग्स शानदार फर्ममा छ। उसले खेलेका तीनै खेल जित्दै तालिकामा उत्कृष्ट प्रदर्शन गरिरहेको छ। त्यस्तै चितवन राइनोजले दुई खेलमा एक जित र एक हारको नतिजा ल्याएको छ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरमा लोकेश बम, प्रतिश जिसीजस्ता राष्ट्रिय खेलाडीको उपस्थिति छ। उता कुशल मल्लको नेतृत्वमा रहेको चितवनमा रिजन ढकाल, कलमसिंह ऐरी, देव खनालजस्ता प्रतिभावान राष्ट्रिय खेलाडीहरू छन्।

Swadesh Maharjan | November 26th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya