Share on:

लिग–२ : आज नेपाल र स्कटल्यान्ड भिड्दै
May 12th, 2026

काठमाडौं। आइसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले आज (मंगलबार) स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ।


कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने खेल बिहान ९ः३० बजे सुरु हुनेछ। शृङ्खलामा नेपाल, स्कटल्यान्ड र अमेरिका सहभागी छन्।


आठ राष्ट्र सहभागी लिग–२ अंकतालिकामा ३४ अंकसहित स्कटल्यान्ड दोस्रो स्थानमा रहेको छ भने १८ अंकसहित नेपाल पुछारबाट दोस्रो स्थानमा छ।


नेपाल र स्कटल्यान्डबीच हालसम्म १० एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन्। तीमध्ये नेपालले ५ खेल जितेको छ भने स्कटल्यान्ड ४ खेलमा विजयी भएको छ। एक खेल वर्षाका कारण रद्द भएको थियो।


पछिल्ला पाँच भेटमा नेपालले ३ खेल आफ्नो पक्षमा पार्दा स्कटल्यान्डले १ खेल जितेको छ। एक खेल भने वर्षाका कारण पूरा हुन सकेको थिएन।


Swadesh Maharjan | May 12th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya