Share on:

वर्षाले प्रभावित खेलमा इंग्ल्यान्ड अलिकति बलियो
August 1st, 2025

डर छ, कतै पूरा टेस्ट वर्षाले प्रभावित हुने त होइन ? पहिलो दिन त एक सेसनकै खेल हुन सकेन् । त्यसैले प्रश्न हो, आज दोस्रो दिन शुक्रबारको खेलमा हुने के होला ? इंग्ल्यान्ड र भारतबीच लन्डनको ओभलमा सुरु भएको अन्तिम तथा पाँचौं टेस्टको पहिलो दिन खेल वर्षाले प्रभावित रह्यो ।

दिनको खेल समाप्त हुँदा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले छ विकेट गुमाएर २ सय ४ रन बनाएको छ । त्यस अर्थमा इंग्ल्यान्ड अलिकति बलियो देखिएको छ । कम्तीमा घरेलु टिम आफ्नो प्रदर्शनलाई लिएर खुसी हुनु पर्छ । भारतको स्कोरमा करुण नायर ५२ रन बनाएर खेलिरहेका छन् ।

भारतको प्रदर्शन अब धेरै हदसम्म उनकै ब्याटिङमा टिक्नेछ । उनलाई वासिङटन सुन्दरले १९ रन बनाएर साथ दिइरहेका छन् । उनीहरूले ५१ रनको साझेदारी गरिसकेका छन् । इंग्लिस बलरमध्ये गस एटकिन्सन र जस टङ्गले दुई दुई विकेट हात पारेका छन् ।


Swadesh Maharjan | August 1st, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya