अन्ततः इंग्ल्यान्डले भारतलाई तेस्रो टेस्टमा २२ रनले पराजित गर्यो । लर्डसमा भएको टेस्टको पाँचौं तथा अन्तिम दिन टेस्टको स्थिति थियो, इंग्ल्यान्डले पनि जित्न सक्ने, भारतले पनि जित्न सक्ने । भाग्यले भने इंग्ल्यान्डलाई साथ दियो ।
जितका लागि १ सय ९३ रनको लक्ष्य पछ्याएको भारत १ सय ७० रन बनाएर अलआउट भयो । यो टेस्ट यस्तो रह्यो, जसमा यो खेललाई रोमाञ्चक बनाउने सबै खाले मसला रहे । त्यसैले यो हेर्नलायक खेल रह्यो ।
यो जितपछि इंग्ल्यान्डले पाँच टेस्टको शृंखलामा २–१ कोअग्रता लिएको छ र तय छ, अबका दुई टेस्ट पनि उत्तिकै रोमाञ्चक हुनेछ । सुरुआती तीनै टेस्टको स्पष्ट नतिजा आएका हुनाले शृंखलाको निर्णय अन्तिम खेलमा आएर मात्र हुने छाँट देखिएको छ ।
अब बाँकी दुई टेस्टमध्ये चौथो खेल म्यानचेस्टरमा हुनेछ भने र पाँचौं टेस्टका लागि दुवै टिम फेरि लन्डनमै फर्कने छन्, ओभलमा ।
Comments
No comments yet.
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]