
गुजरात टाइटन्सले बिहीबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा ८९ रनले हराएको छ र यो नतिजासँगै क्वालिफायर वानको समीकरण तयार भएको छ ।
शीर्ष दुई स्थान भित्र को रहने भन्ने निर्णय रोयल च्यालेन्जर्स बेंगलुरु र गुजरातबीच हुनेछ र उनीहरूले नै अब क्वालिफायर वान खेल्नेछन् । दुवै टिम समान १८ अंकमा छन् ।
चेन्नाइ भने १२ अंकमा सातौं स्थानमा रह्यो । उसको प्ले अफ सम्भावना समाप्त भएको छ । गुजरातले पहिले ब्याटिङ गर्दै चार विकेटमा २ सय २९ रन बनाएको थियो । त्यसमा साइ सुदर्शनले ८४, शुभमन गिलले ६४ र जस बटलरले ५७ रन बनाएर ।
जवाफमा चेन्नाइले १३.४ ओभरमा १ सय ४० रन मात्र बनाउन सक्यो । त्यसमा मोहम्मद सिराज र कगिसो रबाडाले तीन तीन विकेट लिए ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]