Share on:

हैदरावादलाई हराएर गुजरात शीर्षमा
May 13th, 2026

गुजरात टाइटन्सले मंगलबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा सनराइज हैदरावादलाई सजिलै ८२ रनले हराएको छ । प्रतियोगितामा गुजरातको यो लगातार पाँचौं जित हो र यससँगै अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।


गुजरातको १६ अंक भएको छ । हैदरावाद भने १४ अंकमा तेस्रो स्थानमा छ । जितका लागि १ सय ६९ रन पछ्याएको हैदरावाद १४.५ ओभर मात्र टिकेर ८६ रनमै अलआउट भयो । कप्तान प्याट कमिन्सको १६ रन नै सबैभन्दा ठूलो स्कोर रह्यो ।


गुजरातका लागि जेसन होल्डर र कगिसो रबाडाले तीन तीन विकेट लिए । त्यस अगाडि साई सुदर्शनले ६१ र वासिंटन सुन्दरले ५० रनको मदतले गुजरातले पहिले ब्याटिङ गर्दै पाँच विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो ।


Swadesh Maharjan | May 13th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya