
कुपर कोलनीको शानदार शतकले पनि पंजाव किंग्सलाई बुधबार हारबाट जोगाउन सकेन् र सनराइज हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा बुधबार ३३ रनको जित निकाल्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।
यो नतिजापछि हैदरावादको ११ खेलबाट १४ अंक भएको छ । पंजाव भने १० खेलबाट १३ अंकमा दोस्रो स्थानमा झरेको छ । पंजावको कमजोर फिल्डिङको फाइदा उठाएर हैदरावादले घरेलु मैदानमा पहिले ब्याटिङ गर्दै चार विकेटमा २ सय ३५ रन बनाएको थियो ।
त्यसमा हेनरिक क्लासेनले ४३ बलमा ६८ रन र इसान किसनले ३२ बलमा ५५ रन बनाएको थियो । जवाफमा पंजावले सात विकेटमा २ सय २ रन मात्र बनाउन सक्यो । उनले नटआउट रहेर ५९ बलमा १ सय ७ रन बनाए र त्यसमा सात चौका र आठ छक्का सामेल थियो ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]