
काठमाडौं । भारत र श्रीलंकामा जारी आईसीसी टी–२० क्रिकेट अन्तर्गत आज पनि तीन खेलहरू आयोजना हुँदैछन्।
कोलकाताको इडन गार्डेन स्टेडियमा बिहान ११ः१५ बजे सुरु हुने पहिलो खेलमा समूह सी को स्कटल्याण्ड र इटली आमनेसामने हुँदैछन्।
त्यसैगरी दिउँसो ३ः१५ बजे जिम्बाब्वे र ओमान श्रीलंकाको कोलम्बोमा भिड्नेछन्।
आजको अन्तिम तथा सबैभन्दा चर्चित खेल साँझ ७ः१५ बजे भारतको अहमदाबादमा सुरु हुनेछ। यस खेलमा दक्षिण अफ्रिका र क्यानाडा आमनेसामने हुँदैछन्।
हिजो सम्पन्न दिनको अन्तिम खेलमा श्रीलंकाले आयरल्याण्डलाई २० रनले पराजित गरेर विजयी शुरुवात गरेको छ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]