इंग्लिस कप्तान बेन स्टोक्सले भारतविरुद्धको पाँचौं तथा अन्तिम टेस्ट नखेल्ने भएका छन् । काँधको चोटका कारण स्टोक्स टिमबाट बाहिरिएका हुन् । अब उनको स्थानमा ओली पोपले कप्तानी गर्नेछन् ।
सिरिजको निर्णायक सावित हुन सक्ने टेस्ट भोलि बिहीबारदेखि लन्डनको ओभलमा सुरु हुँदैछ । म्यानचेस्टरको ओल्ड ट्रायफोर्डमा भएको चौथो टेस्टमै पनि स्टोक्सले अन्त्यतिर बलिङ गरेका थिएनन् ।
इंग्ल्यान्डका लागि स्टोक्सको अनुपस्थिति ठूलो धक्का मानिएको छ । यो सिरिजमा उनले इंग्ल्यान्डका लागि ब्याटिङ र बलिङ दुवैमा महत्त्वपूर्ण योगदान गरेका थिए ।
कुल पाँच टेस्टको सिरिजमा इंग्ल्यान्ड २–१ ले अगाडि छ ।
Comments
No comments yet.
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]