
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने जय ट्रफी क्रिकेट प्रतियोगिता फागुन ८ देखि १५ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगिता त्रिवि र मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।
त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ र बागमती प्रदेश सहभागी प्रतियोगिताका लिग चरणका खेल दुई-दुई दिनका हुनेछन्।
लिगपछि शीर्ष दुई टोलीबीच फाइनल खेल त्रिवि मैदानमा आयोजना हुनेछ। सबै खेल बिहान ९:३० बजे सुरु हुनेछन्।
Comments
No comments yet.
Top Headlines

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]