Share on:

क्रिकेटर जोय सम्मानित
July 13th, 2025

काठमाडौं, असार २८ गते ।
मनमैजुस्थित एन्जल्स हार्ट नेसनल स्कुलले एसीसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि विजेता नेपाली टोलीका सदस्य जोय थापालाई नगदसहित सम्मान गरेको छ ।
एन्जल्स हार्टबाट एइइ उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्न आयोजित कार्यक्रममा जोय सम्मानित भएका हुन् । जोय पनि एसइइ उत्तीर्ण भएका छन् । मलेसियामा भएको प्रतियोगितामा जोयले इन्डोनेसिया विरुद्ध ५७ रन, भुटान विरुद्ध ६१ रन र सिंगापुर विरुद्ध २४ रन बनाएका थिए ।
जोयलाई एन्जल्स हार्टका अध्यक्ष लिलबहादुर पुन, प्रिन्सिपल टकबहादुर थापा र खेलकुद संयोजक सुमन तिमल्सिनाले ए कार्यक्रमबीचसम्मान गरे ।


Swadesh Maharjan | July 13th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya