Share on:

कर्णालीले पायो १५७ रनको लक्ष्य
November 22nd, 2025

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा लुम्बिनी लायन्सले कर्णालीलाई १५७ रनको लक्ष्य दिएको छ।


कीर्तिपुरको त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५६ रन बनायो।


लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ४९ रन बनाए। उनले चार चाैका र एक छक्का प्रहार गरे। रुबेन ट्रम्पेलम्यानले अविजित २९ र जेजे स्मिथले २३ रन बनाए।


कर्णालीका नन्दन यादवले २, कप्तान सोमपाल कामी, गुल्शन झा, र्माक वाट, बिपिन शर्मा, युवराज खत्रीले समान १ विकेट लिए।


लुम्बिनीले यसअघि आफ्नो पहिलो खेलमा चितवन राइनाेजलाई ४ विकेटले पराजित गरेकाे थियाे भने कर्णाली चितवनसँग पराजित भएको थियो।


Swadesh Maharjan | November 22nd, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya