Share on:

कुशल भुर्तेलको शतकीय इनिङ्समा मलेसियालाई २७६ रनको लक्ष्य
June 4th, 2026

काठमाडौं। एसियन गेम्स पुरुष क्रिकेट छनोटअन्तर्गत समूह ‘ए’ को खेलमा नेपालले मलेसियाविरुद्ध निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २७५ रनको विशाल योगफल खडा गरेको छ।


सिंगापुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गर्दै ५४ बलमा १४ चौका र ८ छक्काको मद्दतले १२६ रन बनाए। उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा शानदार शतक पूरा गरेका हुन्।


नेपाललाई आक्रामक सुरुआत दिलाउने क्रममा आसिफ शेखले २४ बलमा ५ चौका र ७ छक्कासहित ६८ रनको योगदान दिए। कुशल र आसिफले पहिलो विकेटका लागि १३४ रनको साझेदारी गर्दै नेपाललाई बलियो अवस्थामा पुर्‍याएका थिए।


त्यसपछि सन्दीप जोराले १५, कप्तान दीपेन्द्रसिंह ऐरीले ११ बलमा ३१ तथा लोकेश बमले १० रन जोडे। 


मलेसियाका लागि विरन्दीप सिंहले सर्वाधिक ३ विकेट लिए। सइद अजिज र विजय उन्नीले समान २–२ विकेट हात पारे।


Swadesh Maharjan | June 4th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya