Share on:

नेदरल्यान्ड्माथि नेपाल ५ विकेटले विजयी
June 5th, 2025

काठमाडौँ । आइसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको छ।

नेदरल्यान्ड्सले प्रस्तुत गरेको २२६ रनको लक्ष्य पछाएको नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो।

नेपालको जितमा आरिफ सेखले सर्वाधिक ७८ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले अविजित ३८, कुशल भुर्तेलले २५, कप्तान रोहित पौडेलले २३, आसिफ सेखले १९, गुलशन झा र भिम सार्कीले ११-११ रन बनाएका थिए।

नेदरल्यान्ड्स माइकल लेभिटले २ तथा भिभियन किंग्मा र पल भान मेकरेनले समान १ विकेट लिए।

त्यसअघि टसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्डले ४९.१ ओभरमा अल आउट हुँदै २२५ रन बनाएको थियो।

नोह क्रोएसले सर्वाधिक ४८ रन बनाए भने रोएलोग भान डेर मेर्वेले २१, कप्तान स्कट एड्वार्ड्सले ४६, विक्रमजित सिंहले ३८ र जाच लायन काचेटले २७ रन बनाएका थिए।

नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए भने ललित राजबंशी, सन्दीप लामिछाने र करण केसीले २-२ विकेट लिए।

जारी सिरिजमा नेपालको याे लगातार दोस्रो जित हो। नेपालले स्कटल्यान्डलाई एक विकेटले पराजित गरेको थियो।

लिग-२ मा १४ खेलमा १० अंक रहेकाे नेपाल सातौँ स्थान छ। त्यस्तै नेदरल्यान्ड्स २१ खेलमा २६ अंकसहित दोस्रो स्थानमा छ।


Swadesh Maharjan | June 5th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya