
काठमाडौं। आइसीसी विश्ववकप लिग–२ अन्तर्गत त्रीदेशीय सिरिजकाे दोस्रो खेलमा नेपालले घरेलु टोली युएईलाई २३४ रनकाे लक्ष्य दिएको छ।
दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ थालेकाे नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाए २३३ रन बनाएकाे हाे।
नेपालका लागि कप्तना राेहितकुमार पाैडेलले १०९ रनकाे याेग्दान गरे। उनले १३० बलमा ५ चाैका र २ छक्का प्रहार गरे। उनले ३ वर्ष ७ महिनापछि शतक प्रहार गरेका हुन्। उनले १२६ बलमा पाँच चाैका र एक छक्काकाे सहयाेगमा शतक प्रहार गरेका हुन्।
उनको करिअरको दोस्रो शतक हो। यसअघि उनले २५ मार्च २०२२ मा कीर्तिपुरमा भएको खेलमा पपुवा न्यू गिनीविरुद्ध १२६ रनको इनिङ्स खेलेका थिए।त्यसको ३ वर्ष ७ महिना ५ दिनपछि उनले पुन: आफ्नो ब्याटमार्फत शतक बनाएका हुन्।
यस्तै, ओपनर आसिफ शेखले ३५, आरिफ शेख २७, उपकप्तान दिपेन्द्र सिंक एैरी २३ रन बनाउँदा साेमपाल कामीले रन बनाए। युवा अलराउन्डर शुन्य रनमा पेबेलियम फर्किँदा ओपनर कुशल भर्तेलले ७ रन बनाए।
करण केसी १३, सन्दीप लामिछाने र भिम सार्कीले तीन रन बनाए।
यता युएईका लागि जाहिद अलीले सर्वाधिक चार विकेट लिँदा जुनैद सिद्दिकीले तीन हात पारे। यस सिरिजकाे पहिलाे खेलमा नेपाल अमेरिकासँग पराजित भएकाे थियाे।
नेपालले अमेरिकासँग १०६ रनको हार बेहोरेको थियो भने युएईले अमेरिकासँग ४ विकेटको हार बेहोरेको थियो।
नेपाल र यूएईले हालसम्म एकदिवसीय खेलमा एक अर्काविरूद्ध १५ खेल खेलेका छन्, जसमा नेपालले ९ खेल जितेको छ भने युएईले ६ खेल जितेको छ।
विश्वकप लिग-२ मा १२ अंकसहित नेपाल सातौं स्थानमा छ। युएईको ६ अंक छ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]