
काठमाडौं। टी–२० विश्वकप तयारी अन्तर्गतको वार्मअप खेलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। बिहीबार घरेलु टोली श्रीलंका ‘ए’ सँग नेपाल ७३ रनले पराजित भयो।
२२३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १४९ रन मात्र बनाउन सक्यो। करण केसीले ४१ रनको संघर्षपूर्ण इनिङ्स खेले। लोकेश बम २५ र रोहित पौडेल १८ रन बनाए पनि जित दिलाउन सकेनन्।
यसअघि श्रीलंका ‘ए’ ले ५ विकेट गुमाएर २२२ रन बनाएको थियो। लाहिरु उदाराले ९३ र सहन आराच्चिगेले अविजित ५५ रन जोडे। नेपालका कुशल भुर्तेलले २ विकेट लिए।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]