Share on:

नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित
January 22nd, 2026

काठमाडौं। आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। बिहीबार नेदरल्यान्ड्ससँग २ रनको साँघुरो हार व्यहोरेपछि नेपालको सुपर सिक्स सम्भावना गणितीय मात्र बाँकी रहेको छ।


१४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १३८ रन मात्र बनाउन सक्यो। रुविना क्षेत्री बेलबासेले अविजित ३७ र सीता रानामगरले २७ रन जोड्दै अन्तिमसम्म संघर्ष गरे पनि अन्तिम बलमा जित हात पार्न सकेन।


यसअघि नेदरल्यान्ड्सले ५ विकेट गुमाएर १४० रन बनाएको थियो। कप्तान बाबेटे डी लिडले ४९ रन बनाइन्। नेदरल्यान्ड्स लगातार तेस्रो जितसहित ६ अंकका साथ सुपर सिक्समा प्रवेश गरेको छ।


Swadesh Maharjan | January 22nd, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya