Share on:

नेपाल क्वाटरफाइनलबाटै बाहिरियो
June 10th, 2026

काठमाडौं। नेपाली महिला क्रिकेट टोली एसिया कपका लागि छनोट हुन असफल भएको छ।


मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनलमा थाइल्यान्डसँग ५६ रनले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।


थाइल्यान्डले दिएको १३१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रन मात्र बनाउन सक्यो।


नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक २० रनको अविजित इनिङ्स खेलिन्। सोनी पाख्रिनले १५, सीता रानामगरले १२ र सम्झना खड्काले ११ रन जोडे पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन्।


थाइल्यान्डका बलर थिपात्चा पुथावङले २ विकेट लिइन्।


त्यसअघि पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ४ विकेट गुमाएर १३० रन बनाएको थियो। नेपालका लागि कविता कुँवर, रिया शर्मा र रुबिना क्षेत्रीले १–१ विकेट लिएका थिए।


Swadesh Maharjan | June 10th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya