नेपालले ट्वान्टी ट्वान्टी विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफि छनोटको अन्तिम सुपर सिक्स खेलमा शुक्रबार समाओको सामना गर्नेछ । त्यस पनि जित निकाल्न सके नेपालले छनोटको उपाधि जित्नेछ । नेपाल अहिलेसम्म अपराजित छ र सुपर सिक्समा सबैभन्दा कमजोर रहेको समाओविरुद्ध जित अपेक्षित मानिएको छ । नेपाल यसअघि नै विश्वकपका लागि भने छनोट भइसकेको छ ।
सुपर सिक्सको आफ्नो अन्तिम दोस्रो खेलमा नेपालले बुधबार राति ओमानलाई ३८ रनले हरायो । नेपालले पहिले ब्याटिङ गर्दै नौ विकेटमा १ सय ५१ रन बनायो । जवाफमा ओमानले नौ विकेट नै गुमाएर १ सय १३ रन मात्र बनाउन सकेको थियो । ओमान पनि अबको विश्वकपका लागि छनोट भइसकेको छ ।
नेपाल सुपर सिक्सको लिग तालिकामा आठ अंकसहित शीर्ष स्थानमा छ भने ओमान छ अंकमा दोस्रो स्थानमा छ । विश्वकपमा छनोट हुने तेस्रो टिमको भने निर्णय हुन बाँकी छ । अहिलेका लागि यूएई छ अंकमा तेसे स्थानमा छ । उसको पछाडि जापान र कतारको समान दुई अंक छ । समाओ भने शून्य अंकमा रहेको छ ।
Comments
No comments yet.
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]