Share on:

टियुमा पहिलो पटक फ्लडलाइटमुनि अन्तर्राष्ट्रिय क्रिकेट हुँदै
April 11th, 2026

काठमाडौं। त्रिवि क्रिकेट मैदानमा पहिलो पटक फ्लडलाइटमुनि अन्तर्राष्ट्रिय क्रिकेट खेल आयोजना हुने भएको छ।


नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच हुने दुई टी–२० अन्तर्राष्ट्रिय सिरिज रात्रीकालीन रूपमा सञ्चालन गरिनेछ।


बैशाख ७ र ८ गते हुने उक्त टी–२० सिरिज आगामी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको सिरिजअघि तयारीका रूपमा आयोजना हुन लागेको हो।


नेपालले बैशाख १२ बाट सुरु हुने लिग–२ सिरिजमा पहिलो चरणमा युएई र ओमान सँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि नेपालले स्कटल्याण्ड र संयुक्त राज्य अमेरिका सँग खेल्ने तालिका रहेको छ।


टियु मैदानमा फ्लडलाइटमुनि अन्तर्राष्ट्रिय खेल आयोजना हुनु नेपाली क्रिकेटका लागि ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ, जसले भविष्यमा अझ ठूला प्रतियोगिता आयोजना गर्ने सम्भावना बढाएको छ।


Swadesh Maharjan | April 11th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya