Share on:

नेदरल्यान्ड्स र इटाली विश्वकपमा छनोट
July 12th, 2025

काठमाडौं। नेदरल्यान्ड्स आइसीसी टी–२० विश्वकप क्रिकेटका लागि छनोट भएको छ।

युरोपेली क्षेत्रीय छनोटकाे शीर्ष स्थानमा रहँदै नेदरल्यान्ड्स र दाेस्राे स्थानमा रहँदै इटालीले सन् २०२७ मा दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा संयुक्तरूपमा आयोजना हुने विश्वकपमा स्थान बनाएको हो।

शुक्रबार सम्पन्न अन्तिम खेलमा नेदरल्यान्ड्सले इटालीमाथि ९ विकेटको जित निकाल्यो।

नेदरल्यान्ड्सले ४ खेलमा ३ जित हात पार्यो। स्कटल्यान्डसँग भने ६ रनले पराजित भएको थियो।

यता, ४ मध्ये २ खेलमा जित हात पार्दै इटाली पनि पहिलोपल्ट विश्वकपमा छनोट भएको छ।

त्यसमा स्कटल्यान्डविरूद्वको १२ रनको ऐतिहासिक जित महत्त्वपूर्ण रह्यो। जर्सीसँगको खेल भने रद्द भएको थियो।

याेसँगै नेदरल्यान्ड्स पाँचौंपल्ट विश्वकपमा छनोट भएको छ। यता, इटाली भने पहिलोपल्ट टी–२० विश्वकपमा छनोट छ।


Swadesh Maharjan | July 12th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya