Share on:

नेदरल्याण्ड्सद्वारा नामिबिया ७ विकेटले पराजित
February 10th, 2026

काठमाडौं। जारी आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह ‘ए’को खेलमा नेदरल्याण्ड्सले नामिबियालाई ७ विकेटले पराजित गरेको छ। यो जितसँगै भारत र पाकिस्तान रहेको समूहको नेदरल्याण्ड्सले दुई खेलबाट दुई अंक जोडको छ।


१५७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले १८ ओभरमै ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। बास डे लिडेले अविजित ७२ रनको उत्कृष्ट पारी खेले भने कोलिन एकरम्यानले ३२ रन बनाए। कप्तान स्कट एड्वर्ड्स १८ रनमा अविजित रहे। नामिबियाका तर्फबाट बर्नार्ड स्कोल्ट्ज, रुबेन ट्रम्पेलम्यान र लोफ्टी–इटनले समान १–१ विकेट लिए।


पहिले ब्याटिङ थालेको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रन बनाएको थियो।


नामिबियाका जान निकोल लोफ्टी–इटनले ३८ बलमा ४२ रनको योगदान दिए भने जान फ्राइलिन्कले ३० रन बनाए। कप्तान गेरहार्ड इरास्मसले १८ र जेजे स्मिटले २२ रन जोडे। नेदरल्याण्ड्सका बलरमध्ये लोगान भान बिक र बास डे लिडेले समान २–२ विकेट लिए।


Swadesh Maharjan | February 10th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya