Share on:

पोखराद्वारा कुशलसहित ६ खेलाडी रिटेन
June 30th, 2025

काठमाडौं। दोस्रो संस्करणकाे नेपाल प्रिमियर लिग (एनपिएल)का लागि पोखरा एभेन्जर्सले रिटेन र रिलिज गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ।

पोखराले आइतबार सामाजिक संजालमार्फत रिटेन र रिलिज खेलाडीको जानकारी दिएको‌ हो।

पोखराले मार्की र कप्तान कुशल भुर्तेललाई रिटेनको पहिलो नम्बरमा राखेको छ। रिटेन हुने अन्य खेलाडीमा दिनेश खरेल, सागर ढकाल, किरण ठगुन्ना, आकाश चन्द र विपिन खत्री रहेका छन्।

रिलीज खेलाडी : अमृत गुरुङ, सुनम गौतम, दिलिप नाथ, नारायण जोशी, सुदिप अर्याल, तृतराज दास

यसअघि काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले पनि रिटेन र रिलिज खेलाडीको‌ सुची सार्वजनिक गरिसकेको छ।


Swadesh Maharjan | June 30th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya