Share on:

सन्दिपलाई विश्वकपमा खेलाउन तयारी गर्दै क्यान
May 21st, 2024

राष्ट्रिय क्रिकेट खेलाडी सन्दिप लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगिता सहभागीताको लागि  नेपाल क्रिकेट संघ क्यानले आईसीसी लगायत सम्बन्धित निकायहरूमा पहल भईरहेको क्यानका सचिब पारस खड्काले बिज्ञप्ति निकाल्दै जानकारी दिएको छ। यसका साथै संयुक्त राज्य अमेरिकाको भिषाको प्रकृया पनि अगाडी बढाईएको ब्यहोरा उल्लेखगरेको छ। क्यानको तर्फबाट विश्वकप क्रिकेट प्रतियोगितामा सहभागीता सम्बन्धि सबै आवश्यक प्रकृया अगाडी बढाई सकिसकेको जानकारी दिलाएको छ। 


विश्वकप क्रिकेट प्रतियोगिता अमेरिका र वेस्ट इन्डिजमा १ जुनदेखि शुरू हुनेछ। प्रतियोगिताको लागि नेपाली टोली हाल अमेरिकामा छ।


Swadesh Maharjan | May 21st, 2024

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya