
ओपनर सन्जु सामसनको शतकको मदतले चेन्नाइ सुपर किंग्सले मुम्बई इन्डियन्सलाई बिहीबार १ सय ३ रनको ठूलो अन्तरले हराएको छ । वानखेडेमा भएको खेल जितेर चेन्नाइ छ अंकमा पाँचौं स्थानमा उक्लेको छ र शीर्षका लागि प्रत्यासी बनेको छ ।
लगातार खराव खेलिरहेको मुम्बई भने चार अंकमा आठौं स्थानमा रह्यो । चेन्नाइले पहिले ब्याटिङ गर्दै छ विकेटमा २ सय ७ रन बनाएको थियो । सामसन ५४ बलमा १ सय १ रन बनाएर नटआउट रहे । उनले १० चौका छ र छ छक्का प्रहार गरे ।
जवाफमा मुम्बई १९ ओभरमा १ सय ४ रन मात्र बनाएर अलआउट भयो । मुम्बईलाई सस्तोमा समेट्न अकिल हुसेनले १७ रनमा चार विकेट लिए ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]