Share on:

टप एन्ड टी–२० सिरिजपछि नेपालले थप पाँच अभ्यास खेल खेल्ने
August 14th, 2025

काठमाडौं। नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले अस्ट्रेलियामा थप पाँच अभ्यास खेल खेल्ने भएको छ।


नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग टोलीले सिरिज खेल्न लागेको जानकारी दिएको हो। सिरिज २६ देखि ३० अगस्टसम्म हुनेछ।


नेपालले अगस्ट २६ मा एसिटी र अगस्ट २८ मा साउथ अस्ट्रेलियायासँग समान दुई टी–२० खेल्नेछ। 


नेपालले अगस्ट ३० मा साउथ अस्ट्रेलियासँगै एकदिवसीय खेल खेल्ने तय छ। यो अभ्यास सिरिजअघि नेपालले टप एन्ड टी–२० सिरिज पनि खेल्नेछ।


त्यसकाे लागि नेपाली टाेली गत मंगलबार नै अस्ट्रेलिया पुगिसकेकाे छ।


Swadesh Maharjan | August 14th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya