← समाचारमा फर्कनुस्
Football Nov 12, 2026 · Swadesh

भारतले सेमिफाइनलमा भूटानसँग खेल्ने

भारतले सेमिफाइनलमा भूटानसँग खेल्ने

साफ च्याम्पियनसिप २०२६ अन्तर्गत समूह बी को अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १-० ले पराजित गर्दै समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार ढाकास्थित राष्ट्रिय रंगशालामा भएको खेलमा भारतले पहिलो हाफमा पेनाल्टीमार्फत निर्णायक गोल गर्यो।

खेलको ३८औं मिनेटमा भारतीय खेलाडी अब्दुल रबीहलाई प्रतिद्वन्द्वीले पेनाल्टी क्षेत्रभित्र लडाएपछि भारतले पेनाल्टी पाएको थियो। मोहन बागानका स्ट्राइकर सुहैल अहमद भटले पेनाल्टीबाट गोल गर्दै भारतलाई अग्रता दिलाए। यो प्रतियोगितामा उनको तेस्रो गोल हो।

दोस्रो हाफमा माल्दिभ्सले बराबरी गोल फर्काउन केही अवसर सिर्जना गरे पनि भारतीय गोलकिपर प्रियांश दुबेले उत्कृष्ट बचाव गर्दै टोलीलाई जित दिलाए। विशेषगरी इन्जुरी टाइममा उनले नजिकबाट भएको प्रहारलाई अनुहारले रोकेर गोल हुनबाट बचाएका थिए।

यो जितसँगै भारतले समूह बी बाट दुई खेलमा दुई जितसहित ६ अंक जोड्दै शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ। माल्दिभ्स भने दुई खेलमा दुई पराजयसहित प्रतियोगिताबाट बाहिरिएको छ। भारतले सेमिफाइनलमा भूटानसँग खेल्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →