
काठमाडौ– पाटन उच्च अदालतले अखिल नेपाल फुटबल संघ (एन्फा) को माघ २८ मा हुने भनिएको निर्वाचनको फ्रक्रिया रोक्न सोमबार अन्तरिम आदेश दिएको छ ।
गोर्खाका अमित खत्रीले हालेको मुद्धामा सुनुवाइ गर्ने त्रममा अदालतले एन्फाको नाममा निर्वाचनका सबै प्रक्रिया रोक्न आदेश दिएको हो । अदालतले दुवै पक्षलाई माघ ६ छलफलका लागि बोलाएको पनि छ ।

यसअघि राष्ट्रिय खेलकुद परिषदले पनि एन्फालाई जिल्ला र प्रदेशको चुनाव नगरेर केन्द्रको चुनाव नगर्न आदेश जारी गरेको थियो । तर एन्फाले त्यसलाई वेवास्ता गर्दै निर्वाचनको प्रक्रिया अगाडि बढाएको थयिो ।
एन्फाको कार्यसमितिले ‘अर्लि इलेक्सन’ को निर्णय गरेको थियो र त्यस अनुसार जिल्ला फुटबल संघमा नया चुनाव नगरेर पुरानोलाई नै मताधिकार दिने पनि निर्णय समेत गरेको थियो ।
Comments
No comments yet.
Top Headlines

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]