Share on:

पहिलो जितको लक्ष्यमा एपिएफ
August 28th, 2025

काठमाडौं, नेपालको एपिएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिग प्रारम्भिक चरणमा आफ्नो दोस्रो खेल आज थाइल्यान्डको कलेज अफ एसियन स्कलर्सविरुद्ध खेल्दैछ ।


समूह ‘बी’ अन्तर्गतको यो खेल मार्काजी रंगशालामा नेपाली समयअनुसार साँझ ६ः१५ बजे सुरु हुनेछ।


एपिएफ पहिलो जितको खोजीमा मैदान उत्रिँदैछ। पहिलो खेलमा नेपाली टोली घरेलु क्लब एफसी नासाफसँग ३–० ले पराजित भएको थियो।


यता, थाइल्यान्डको स्कलर्स भने लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ। पहिलो खेलमा स्कलर्सले साउदी अरेबियाको अल नासरलाई २–० ले हराउँदै शानदार सुरुवात गरिसकेको छ।


Swadesh Maharjan | August 28th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya