Share on:

अल नासरको फराकिलो जित
September 18th, 2025

काठमाडौं। साउदी क्लब अल–नासरले एएफसी कपमा फराकिलाे जित हासिल गरेकाे छ। 


ताजिकिस्तानको इस्तिकलोललाई रियाधमा बुधबार सम्पन्न खेलमा नासरले ५–० ले पराजित गरेको हो। 


नियमित कप्तान क्रिस्टियानो रोनाल्डोलाई आराममा दिएकाे खेलमा नासरकाे जितमा लिभरपुल पूर्वस्टार साडियो मानेले खेलको अन्त्यतिर गोल गर्दै जितलाई थप फराकिलो बनाए।


त्यसअघि किङ्स्ले कोमन, अब्दुर्रहमान घारीब र ब्राजिली खेलाडी वेस्ली तथा एन्जेलोले गोल गरेका थिए।


Swadesh Maharjan | September 18th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya