Share on:

एमोरिम परे वखास्तीमा
January 5th, 2026

म्यानचेस्टर युनाइटेडले सोमबार आफ्ना प्रशिक्षक रुबेन एमोरिमलाई वर्खास्त गरेको घोषणा गरेको छ । इंग्लिस प्रिमियर लिग क्लबमा यी पोर्चुगाली प्रशक्षिकले १४ महिना मात्र बिताउन पाए ।


उनको नेतृत्वमा पछिल्लो खेलमा युनाइटेडले आइतबार लिड्स युनाइडेटसँग १–१ को बराबरी खेलेको थियो । त्यस अगाडि एमोरिमले युनाइटेडको व्यवस्थापनले आफूलाई सक्दो सहयोग नगरेको बताएका थिए ।


अब युनाइटेडले बुधबार हुने खेलमा बर्नलीको सामना गर्नेछन् र त्यसमा टिम डरेन फ्लेट्चरले सम्हाल्ने छन् । अहिले युनाइटेड २० खेलबाट ३१ अंकसहित छैटौं स्थानमा रहेको छ ।


एमोरिम आएयता पनि युनाइटेडको खेलमा खासै सुधार भएको थिएन् र उनी लगातार आलोचनामा शिकार भइरहे ।


Swadesh Maharjan | January 5th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya