
आर्सनलले युरोपेली च्याम्पियन्स लिगमा आफ्नो लगातार सातौं जित निकाल्ने क्रममा मंगलबार इन्टर मिलानमाथि ३–१ को शानदार जित निकालेको छ र यसमा ग्याब्रिएल जेससले दुई गोल गरे । आर्सनल सानसिरोमा प्राप्त यस जितपछि सात खेलबाट २१ अंकसहित शीर्ष स्थानमा छ।
रियल म्याड्रिड भने मोनाकोलाई ६–१ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लेका छ र उसको १५ अंक भएको छ । त्यसमा स्टार खेलाडी केयलिन एमबापेले दुई गोल गरे । यत्तिकै भाग्यमानी म्यानचेस्टर सिटी र डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) रहेनन् ।
सिटी बोडो/गिल्म्टहो हातबाट ३–१ ले पराजित रह्यो र यसलाई प्रतियोगिताको इतिहासकै एक अप्रत्यासित नतिजा मानिएको छ । यस्तै पीएसजी भने स्पोर्टिङ लिस्वनको हातबाट २–१ ले पराजित रह्यो । टोटनहमले भने बोरुसिया डर्टमुन्डलाई २–० ले हराउन सफल रह्यो ।
अन्य खेलमा क्लब ब्रुगले काइराट अल्माटीलाई ४–१, ओलम्पियाकोजले बायर लेभरकुजनलाई २–० र आयाक्सले भिल्लारियललाई २–१ हरायो । यस्तै कोपनहेगन र नेपोलीबीचको खेल १–१ को बराबरी टुंगियो ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]