
आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतबार शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ । उसले इमिरेट्समा भएको खेलमा क्रिस्टल प्यालेसलाई १–० ले हरायो । इबेरची इजीले ३९ औं मिनेटमा निर्णायक गोल गरे । आर्सनलको नौ खेलबाट २२ अंक भएको छ र पहिलो पहिलो स्थान छ ।
बर्नमाउथले भने नटिङघम फरेस्टमाथि २–० को जित रच्यो र यससँगै १८ अंकमामा दोस्रो स्थानमा रह्यो । यस्तै टोटनहमले एभरटनलाई ३–० ले हरायो र लिग तालिकाको तेस्रो स्थानमा उक्लिन सफल रह्यो । यो जितपछि टोटनहमको नौ खेलबाट १७ अंक भएको छ ।
टोटनहमका लागि मिकी भान डे भेनले दुई गोल गरे । म्यानचेस्टर सिटी भने एस्टन भिल्लाको हातबाट १–० ले पराजित रह्यो र त्यसमा म्याट क्यासले १९ औं मिनेटमा निर्णायक गोल गरे । यस्तै बर्नलीले उल्भ्सलाई रोमाञ्चक खेलमा ३–२ ले पराजित गर्यो ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]