Share on:

जुबिमेन्डीको दुई गोलमा आर्सनल विजयी
September 13th, 2025

मार्टिन जुबिमेन्डीको दुई गोलको मदतले आर्सनलले इंग्लिस प्रिमियर लिगमा शनिबार नटिङघम फरेस्टलाई सजिलै ३–० ले हराएको छ । यो जितसँगै कम्तीमा एक दिनका लागि गोल अन्तरको आधारमा अंक तालिकाको शीर्षमा उक्लेको छ । उसको चार खेलबाट नौ अंक भएको छ ।


लिभरपुलको पनि समान नौ अंक छ र उसले आइतबार बर्नलीको भ्रमण गर्दैछ । फरेस्टले भने अस्ट्रेलियाली एन्गे पोस्टेकोग्लुलाई नयाँ प्रशिक्षकको रूपमा नियुक्त गरेयता पहिलो खेलेको हो र त्यसमा पराजित रह्यो । फरेस्ट चार खेलबाट चार अंकमा सीमित छ र ११ औं स्थानमा छ ।


इमिरेट्समा भएको खेलमा स्पेनी मिडफिल्डर जुमिमेन्डीले ३२ औं मिनेटमा पहिलो गोल गरे भने ७९ औं मिनेटमा आफ्नो दोस्रो गोल थपे । उनको पहिलो गोल भलि प्रहारमा सम्भव भएको थियो भने दोस्रो गोलका लागि हेड गरे । त्यसबीच भिक्टर ग्योकेरेसले ४६ औं मिनेटमा अर्को गोल गरे ।


Swadesh Maharjan | September 13th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya