
काठमाडौं। आफैले प्रतियोगिता आयोजना गरिरहँदा क्यानाडाको राष्ट्रिय टिमलाई इतिहासमै पहिलो पटक विश्वकपको समूह चरण पार गर्ने दबाबले सधै थिचिरहनेछ।
क्यानाडा प्रतियोगिताको समूह ‘बी’ मा स्विट्जरल्यान्ड, कतार र बोस्निया हर्जगोभिनासँग परेको छ। बोस्निया हर्जगोभिना त्यही टोली हो, जसले विश्वकप स्थानका लागि भएको युरोपियन प्लेअफमा चार पटकको च्याम्पियन इटालीलाई निराश पारेको थियो।
क्यानाडाले समूहका सबै खेल घरेलु मैदानमा खेल्नेछ। जहाँ समर्थकको पर्याप्त साथ पाउँदा सुखद नतिजाको अपेक्षा हुनेछ।
क्यानाडा
क्यानाडा खासमा हक्कीका लागि बढि चिनिन्छ। तर यसपाली टोली विश्व खेलकुदकै सबभन्दा ठूलो प्रतियोगिताको आयोजकमध्ये एक भइरहँदा फुटबलमा पनि विशेष छाप छोड्न चाहन्छ।
क्यानाडा यसअघि दुई पटक विश्वकपलाई छनोट भएको थियो। सन् १९८६ र २०२२ मा यसअघि विश्वकप खेले पनि टोली समूह चरण पार गर्न भने सफल भएको थिएन।
अमेरिकी प्रशिक्षक जेसी मार्स टिमको ‘आक्रामक, आत्मविश्वासी र सशक्त’ खेल शैलीले आसन्न प्रतियोगितामा प्रभाव छाड्ने विश्वास राख्छन्।
‘मैले हाम्रा खेलाडीमा रहेको कोरा क्षमतालाई वृद्धि गर्ने र बाहिर ल्याउने खालको एउटा फुटबल शैली टिममा छिराउने प्रयास गरेको छु। यसबाट हाम्रा खेलाडीको कोरा क्षमता र प्रतिबद्धता उच्चस्तरीय फुटबलमा रुपान्तरित हुनेछ। मेरो विचारमा खेलाडीहरुले यसलाई मन पराइरहेका छन्। म पनि यसमा रमाइरहेको छु,’ मार्सले भने, ‘मेरो विचारमा यो शैलीलाई समर्थकले पनि मन पराउनेछन्। र, यही शैलीले हामीलाई सुखद नतिजा पनि दिनेछ।’
चार वर्षअघि कतारमा क्यानाडा आफ्नो समूहको पुछारमा रहँदै घर फर्किएको थियो। तर अल्फोन्सो डेभिसले क्रोएसियासँग ४–१ को नतिजामा पराजित भएको खेलमा एक गोल गरेका थिए। जुन फिफा विश्वकपको इतिहासमा क्यानाडाको पहिलो गोल थियो।
अहिले पनि क्यानाडाको टिमले सबभन्दा बढि आशा गरेका खेलाडी बायर्न म्युनिखका डेभिस नै हुन्। यसैगरी युभेन्टसका फरवार्ड जोनाथन डेभिड र साउथह्याम्पटनका काइल लारिन क्यानाडाको टिमका अन्य स्टार नाम हुन्। फिफा विश्व वरियताको ३०औं स्थानमा रहेको क्यानाडाले जुन १२ मा टोरन्टोमा बोस्निया हर्जगोभिनासँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ।
टिम क्यानाडा
गोलकिपरः म्याक्सिम क्रेपेउ (ओर्लान्डो सिटी), ओवेन गडम्यान (ब्रान्सले), डायन सेन्ट क्लाइर (इन्टर मियामी)
रक्षकः मोइसे बोम्बिटो (निस), डेरेक कोर्नेलियस (रेन्जर्स), अल्फोन्सो डेभिस (बायर्न म्युनिख), लुक डे फोगेरोल्स (डेन्डर इएच), एलिस्टिर जोनस्टन (सेल्टिक), अल्फी जोन्स (मिडिल्सब्रो), रिची लार्या (टोरन्टो), निको सिगुर (हाजडुक स्प्लिट) लोइल वाटरम्यान (सिकागो फायर)
मिडफिल्डरः अली अहमद (नर्विच), टाजन बुचानान (भियारियाल), माथियु चोइनिरे (एलएएफसी), स्टेफन इयुस्टाकियो (एलएएफसी), मार्सेलो फ्लोर्स (टाइगर्स युएएनएल), इस्माइल कोने (सासौलो), लियाम मिलर (हल), जोनाथन ओसोरियो (टोरन्टो), नाथान डाइलान साबिला (एन्डरलेक), ज्याकोब शाफेलबर्ग (एलएएफसी)
फरवार्डः जोनाथन डेविड (युभेन्टस), प्रोमिस डेविड (युनियन सेनट जिलोइस), काइल लारिन (साउथह्याम्पटन), टानी ओलुवासेई (भियारियाल)
प्रशिक्षक (जेसी मार्स)
स्विट्जरल्यान्ड
स्विट्जरल्यान्ड पछिल्ला पाँच विश्वकपमा लगातार सहभागी थियो। पछिल्ला तीन विश्वकपमा टोली नकआउट चरण पुग्न पनि सफल भयो। तर त्यसभन्दा माथि उक्लिन भने टोली सफल भएको छैन।
हुनत स्विट्जरल्यान्ड तीन पटक विश्वकपको क्वार्टरफाइनल खेलिसकेको टिम हो। तर त्यो सन् १९५४ यता सम्भव भएको छैन।
स्विट्जरल्यान्डका कप्तान ग्रानिट जाका, जो इङ्लिस प्रिमियर लिगको क्लब सन्डरल्यान्डबाट व्यावसायिक फुटबल खेल्छन्, उनले राष्ट्रिय टिमका लागि १४० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्।
प्रशिक्षकको रुपमा पूर्व सेन्टर ब्याक मुरात याकिनले आसन्न विश्वकपमा स्विट्जरल्यान्डको नेतृत्व गर्नेछन्। उनले स्विस टिमका लागि ४९ अन्तर्राष्ट्रिय खेल खेलेका थिए।
फिफा विश्व वरियताको १९औं स्थानमा रहेको स्विट्जरल्यान्डले छनोट चरणमा एउटै खेल हार्नुपरेको थिएन। छनोट दौरान ६ खेलमा स्विट्जरल्यान्डले २ गोलमात्र खाएको थियो। तर मार्चमा भएका मैत्रीपूर्ण खेलहरुमा टोलीको नतिजा त्यस्तै रहेन। जर्मनीसँग ४–३ को हार भोगेको स्जिट्जरल्यान्डले नर्वेसँग गोलरहित बराबरीमा चित्त बुझाएको थियो।
स्विट्जरल्यान्डले जुन १३ मा क्यालिफोर्नियामा कतारसँग खेल्दै आसन्न विश्वकपको सुरुआत गर्नेछ।
टिम स्विट्जरल्यान्ड
गोलकिपरः मार्भिन केलर (योङ ब्याइज), ग्रेजोर कोबेल (बोरुसिया डर्टमण्ड), यिभोन एमभोगो (लोरियन्ट)
रक्षकः म्यानुअल अकान्जी (इन्टर मिलान), औरेले एमेन्डा (इन्ट्रयाक्ट फ्रयांकफर्ट), इराइ कोमेर्ट (भ्यालेन्सिया), निको इल्भेडी (बोरुसिया मोन्चेनग्लाडबाच), लुका जाक्वेज (स्टुटगार्ट), मिरो मुहेइम (ह्यामबर्ग), रिकार्डो रोड्रिग्वेज (रियाल बेटिस), सिल्भान विड्मेर (मेइन्ज)
मिड्फिल्डरः मिचेल एबिस्चेर (पिसा), क्रिस्टियन फास्नाट (योङ ब्वाइज), रेमो फ्रेउलर (बोलोग्ना), अर्डोन जशारी (एसी मिलान), योहान मान्जाम्बी (फ्रेइबर्ग), फाबियन रेइडर (औसबर्ग), जिबरिल शँ (सेभिया), रुबेन भार्गास (सेभिया), ग्रानिट जाका (सन्डरल्यान्ड), डेनिस जाकारिया (मोनाको)
फरवार्डः जेकी एम्डौनी (बर्नली), ब्रेल इम्बोलो (रेनेस), सेडरिक इटेन (फर्चुना डसेलडर्फ), डान एनडोये (नटिङघम फरेस्ट), नोहा ओकाफर (लिडस)
प्रशिक्षकः मुरात याकिन
कतार
कतारका लागि यो विश्वकपमा दोस्रो सहभागिता हो । यसअघि सन् २०२२ मा आफैले विश्वकप आयोजना गर्दा मध्यपूर्वको यो सानो देश विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिताको हिस्सा बनेको थियो । जहाँ टोली समूह चरणबाटै बाहिरिएको थियो ।
घरेलु मैदानमा सम्पन्न चार वर्षअघिको उक्त विश्वकपमा कतारका लागि एकमात्र गोल मोहम्मद मोन्टारीले गरेका थिए। सेनेगलसँग ३–१ ले पराजित भएको खेलमा मोन्टारीले कतारका लागि विश्वकप फुटबल इतिहासको पहिलो र अहिलेसम्मको एकमात्र गोल गरेका थिए।
फिफा विश्व वरियताको ५६औं स्थानमा रहेको कतारलाई विश्वकपमा स्पेनिस प्रशिक्षक जुलेन लोप्तेगीले नेतृत्व गर्नेछन्। पूर्व गोलकिपर लोप्तेगीले वेस्ट ह्याममा ६ महिने जागिर खाएपछि कतारी टिममा जिम्मेवारी लिएका थिए।
पछिल्लो दुई दशकदेखि निक्कै ठूलो महत्वाकांक्षाका साथ फुटबलमा लगानी गर्दै आएको कतारले चार वर्षअघि भव्य विश्वकप आयोजना गरिसकेको छ। अब भने कतारले आफ्नो राष्ट्रिय टिमलाई विश्वस्तरको बनाउने र घरेलु लिगलाई पनि बलियो पार्ने महत्वाकांक्षा बोकेको छ। यही कारण हो कतारी राष्ट्रिय टिमका सबैजसो खेलाडी देशमै व्यावसायिक फुटबल खेल्छन्।
कप्तान हसन अल हेडोजले सन् २०२४ मा अन्तर्राष्ट्रिय फुटबल संन्यास लिए पनि विश्वकप अभियानका लागि फेरि पुनरागमन जनाएका छन्। १८४ अन्तर्राष्ट्रिय खेलमा उनले कतारका लागि ४१ गोल गरेका छन्। स्ट्राइकर अल्मोइज अली कतारी टिमका अहिले सबभन्दा प्रभावशाली स्कोरर हुन्। उनले ११८ खेलमा ५५ अन्तर्राष्ट्रिय गोल गरेका छन्।
टिम कतार
गोलकिपरः सालाह जाकारिया (अल दुहाइल), मोहमौद अबुनादा (अल रायान), मेशाल बर्शाम (अल साद)
रक्षकः हासमी हुसेन (अल अरबी), अयुब अलावी (अल घाराफा), बुवालेम खोउखी (अल साद), पेड्रो मिगुअल (अल साद), इसा लाये (अल अरबी), लुकास मेन्डेज (अल वाख्र), सुल्तान अल ब्राके (अल धुहाइल), होमाम अल अमिन (कल्चरल लियोनेसा)
मिड्फिल्डरः मोहम्मद अल मानाइ (अल शामल), जसिम जाबेर (अल अरबी), करिम बौडियाफ (अल धुहाइल), अहमद फाथी (अल अरबी), अब्दुलाहिज हाटेम (अल रायान), असिम माडिबो (अल वाख्र)
फरवार्डः थासिन मोहम्मद (अल दुहाइल), इडमिल्सन जुनियर (अल दुहाइल), अल्मोइज अली (अल दुहाइल), अक्रम अफिफ (अल साद), मोहम्मद मुन्टारी (अल घाराफा), युसुफ अब्दुल्लरजाक (अल वाख्रा), अहमद अला (अल रायन), हसन अल हेडोज (अल साद), अहमद अल जनही (अल घाराफा)
प्रशिक्षकः जुलियन लोप्तेगी
बोस्निया हर्जगोभिना
बोस्निया हर्जगोभिनाले विश्वकपको अन्तिम दुईमध्ये एक स्थान हासिल गर्ने क्रममा चार पटकको विश्व च्याम्पियन इटालीलाई पेनाल्टी सुटआउटमा हराएको थियो । मार्च ३१ मा पाएको त्यो ऐतिहासिक जितले पूरा देशभर राष्ट्रिय महोत्सवको माहोल सिर्जना गरेको थियो।
स्ट्राइकर इडिन जेको बोस्नियाको फुटबल इतिहासकै सर्वोत्कृष्टमध्येका एक खेलाडी हुन्। इटालीलाई पराजित गरेको त्यो छनोटको प्लेअफमा जेकोको पाखुरामा चोट लागेको थियो।
४० वर्षे जेको जर्मनीको साल्के ०४ बाट व्यावसायिक फुटबल खेलिरहेका छन्। उनी बोस्नियाका कीर्तिमानी अन्तर्राष्ट्रिय गोलकर्ता हुन्। उनले १४८ अन्तर्राष्ट्रिय खेलमा ७३ गोल गरेका छन्। जारी विश्वकपमा पनि बोस्नियाले प्रेरणादायी भेट्रान जेकोबाट प्रभावशाली प्रदर्शनको अपेक्षा गर्नेछ।
बोस्नियाको यो दोस्रो विश्वकप हो। यसअघि टोलीले सन् २०१४ को विश्वकपमा पहिलो पटक सहभागिता जनाएको थियो। त्यतिखेर टोली समूह चरणबाटै बाहिरिएको थियो।
फिफा विश्व वरियताको ६६औं स्थानमा रहेको बोस्नियाको टोलीलाई कुनै बेला कप्तानको रुपमा नेतृत्व गरेका पूर्व खेलाडी सेर्गेज बार्बारेजले यसपाली प्रशिक्षकको रुपमा नेतृत्व गर्दैछन्।
टिम बोस्निया हर्जगोभिना
गोलकिपरः निकोला भासिल (सेन्ट पाउली), मार्टिन ज्लोमिस्लिक (रिजेका), ओस्मान हाड्जिकिच (स्लाभेन बेलुपो)
रक्षकः सियाद कोलासिनाक (एट्लान्टा), अमर डेडिच (बेन्फिका), निहाद मुजाकिच (गाजियान्टेप), निकोला काटिच (साल्के), तारिक माहारेमोभिच (सासौलो), सेन्ट जेपान राडेल्जिक (रिजेका), डेनिस हाड्जिकाडुनिच (साम्पडोरिया), निडाल सेलिक (लेन्स)
मिड्फिल्डरः अमिर हाड्जियामेटोभिच (हल), इभान सन्जिच (पाफोस), इभान बासिच (एस्टाना), डिजेनिस बर्चिच (कार्लस्रुहेर), इर्मिन माहमिच (स्लोभान लिबेरेच), बेन्जामिन ताहिरोभिच (ब्रण्डबाई), अमर मेमिच (भिक्टोरिया प्लाजेन), अर्मिन जिगोभिच (योङ ब्वाइज), केरिम एलाजबेगोभिच (आरबी साल्जबर्ग), इस्मिर बाज्राक्टारेभिच (पिएसभी आइन्डहोभन)
फरवार्डः इर्मेडिन दिमिरोभिच (स्टुटगार्ट), जोभो लुकिच (युनिभर्सिटाटिया क्लुज), सामेद बाज्दार (जागिलोनिया बियालिस्टक), ह्यारिस ताबाकोभिच (बोरुसिया मोन्चेनग्लाडबाच), इडिन जेको (साल्के)
प्रशिक्षकः सेर्गेज बार्बारेज
समूह ‘बी’ खेलतालिका (नेपाली समयअनुसार)
– क्यानाडा विरुद्ध बोस्निया हर्जगोभिना, १३ जुन, बिहान ००ः४५ बजे, बिएमओ फिल्ड (टोरन्टो)
– कतार विरुद्ध स्विट्जरल्यान्ड, १४ जुन, बिहान ००ः४५ बजे, लिभाइज रंगशाला (सान फ्रान्सिस्को)
– स्विट्जरल्यान्ड विरुद्ध बोस्निया हर्जगोभिना, १९ जुन, बिहान ००ः४५ बजे, सोफी रंगशाला (क्यालिफोर्निया)
– क्यानाडा विरुद्ध कतार, १९ जुन, बिहान ०३ः४५ बजे, बिसी प्लेस (भ्यानकोभर)
– बोस्निया हर्जगोभिना विरुद्ध कतार, २५ जुन, बिहान ००ः४५ बजे, लुमेन फिल्ड (सियाटल)
– स्विट्जरल्यान्ड विरुद्ध क्यानाडा, २५ जुन, बिहान ००ः४५ बजे, बिसी प्लेस (भ्यानकोभर)
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]