Share on:

च्याम्पियन्स लिगमा इंग्ल्यान्डको वर्चश्व
January 22nd, 2026

बायर्न म्युनिकले बुधबार सेन्ट गिलोसमाथि २–० को जित रच्दै युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा आफ्नो स्थान निश्चित गरेको छ । त्यसमा इंग्लिस क्लब ह्यारी केनले दुई गोल गरे ।


पूरा प्रतियोगितामै भने इंग्ल्यान्डको क्लबको वर्चश्व रहेको छ । लिभरपुलले मार्सेलाई ३–० ले हरायो र १५ अंकसहित चौथो स्थानमा उक्लियो । अन्तिम चरणका खेल अगाडि आर्सनल २१ अंकमा शीर्षमा छ । रियल म्याड्रिड र लिभरपुल समान अंकमा रहेका छन् ।


अबको बुधबार अन्तिम दिनका १८ खेल एकै पल्ट हुनेछन् । त्यसपछि शीर्ष आठमा रहने टिमले स्वतः अन्तिम १६ को खेल खेल्नेछन् । नवौंदेखि २४ औं स्थानसम्म रहने टिमले प्ले अफ खेल्नेछन् ।


अहिलेका लागि लिग तालिकाको शीर्ष आठमा पाँच इंग्लिस क्लब रहेका छन् । अन्य खेलमा चेल्सीले पाफोसलाई १–० र न्युकासल युनाइटेडले पीएसभी आयनहोभनलाई ३–० ले हरायो ।


यस्तै कोराबागले फ्रायन्कफर्टलाई ३–२, एथलेटिको बिलबाओले एटलान्टालाई ३–२, युभेन्ट्सले बेनफिकालाई २–० र बार्सिलोनाले स्लाभिया प्रागलाई ४–२ ले हरायो । गालातासारे र एटलेटिको म्याड्रिडले १–१ को बराबरी खेलेका छन् ।


Swadesh Maharjan | January 22nd, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya