
म्यानचेस्टर सिटी र एस्टन भिल्ला दुवैले बुधबार इंग्लिस प्रिमियर लिगमा बराबरी खेलेका छन् र यसले उनीहरूलाई घाटा नै हुनेछ । यसले शीर्षमा रहेको आर्सनललाई भने फाइदा हुनेछ । उसले बिहीबार राति लिभरपुलको सामना गर्दैछ ।
सिटीले ब्राइटनसँग १–१ र क्रिस्टल प्यालेर र भिल्लाले गोलरहित बराबरी खेले । सिटीले इर्लिङ हालान्डको गोलले इतिहाडमा अग्रता लिएको थियो । तर काओरु मितोमाले बराबरी गोल फर्काए ।

सिटी र भिल्ला दुवै समान ४३ अंकमा छन् । आर्सनलको भने ४८ अंक छ । बुधबारका अन्य खेलमा म्यानचेस्टर युनाइटेड भने बर्नलीको हातबाट २–२ को बराबरीमा रोकियो । एभरटन र उल्भ्सले पनि १–१ को बराबरी खेले ।
अन्य खेलमा फुलहमले चेल्सीलाई २–१, बर्नमाउथले टोटनहमलाई ३–२, ब्रेन्टफोर्डले सन्डरल्यान्डलाई ३–० र न्युकासल युनाइटेडले लिड्स युनाइटेडलाई ४–३ ले हराए ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]