Share on:

डिभाईन ईलाईट फुटबल एकेडेमीको उद्घाटन
June 29th, 2025

 काठमाडौं। डिभाईन ईलाईट फुटबल एकेडेमी (डिईएफए) को उद्घाटन भएको छ । काभ्रे धुलिखेल-१२ बृकल्यान्डमा प्रधानमन्त्री कार्यलयका सचिब गोबिन्द बहादुर कार्की, नेपाली सेनाका उपरथी चोक बहादुर ढकाल, अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय सदस्य बिकास नारायण श्रेष्ठ लगायतले एकेडमीको  उद्घाटन गरे । 

नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्यद्वय जर्ज प्रीन्स र जिलेस्पी जंग कार्की सन्चालक रहेको डिभाइन लाइट एकेडेमीमा माध्यामिक तह सम्मको पढाइ हुँदै आएको छ । स्कुलले पढाइ सङै खेलकुदलाई पनि प्राथमिकतामा राखेको स्कुलका  अध्यक्ष गोपाल बहादुर कार्कीले बताए । उनले एकेडेमीबाट आफ्ना दुई छोरा जस्तै खेलाडी उत्पादन गर्ने योजना सुनाए । "मेरा दुबै छोराले पनौतीको खेतबारीमा खेलेर अन्तर्राष्ट्रिय सहभागिता जनाउदै देशको शिर उचो बनाएका छन् । अब एकेडेमीले यस्तै खेलाडी उत्पादन गर्नेछ ।

एकेडेमी उद्घाटनसँगै स्कुल प्राङ्गणमै करिब १३ आना जग्गामा सेभेन ए साइट फुटसल सन्चालनमा आएको छ । एकेडेमीमा खेलाडीले बिहान तथा साझ दैनिकी प्रशिक्षण गर्नेछन् । 

उद्घाटन क्रममा नेपाल राष्ट्रिय टिम र पूर्व खेलाडीबिच प्रतिस्पर्धा भएको थियो । राष्ट्रिय टिमबाट मनिष डाङ्गी, रोहन कार्की, एरिक बिष्ट, मणि कुमार लामा, अनन्त तामाङ, जिलेस्पी र लाकेन लिम्बू खेलेका थिए । यस्तै पूर्व खेलाडीबाट बिराज महर्जन, बिकेश कुथु, बिक्रम लामा, राजेन्द्र तामाङ, जर्ज प्रीन्स, नवयुग श्रेष्ठ लगायत खेलाडी थिए । यो खेल ९-९ को बराबरीमा सकिएको थियो । 

यस्तै, नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले डिभाइन एलाइट एकेडमीलाई ६-३ ले हरायो । त्रिभुवन आर्मी क्लबको भेट्रान्स टिमले काभ्रे जिल्ला फुटबल संघलाई ७-५ ले हराएको थियो ।


Swadesh Maharjan | June 29th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya