Share on:

मामेलोडी सनडाउन्समाथि डोर्टमण्डको जित
June 22nd, 2025

काठमाडौँ । जर्मनी क्लब बोरुसिया डोर्टमण्डले दक्षिण अफ्रिकी क्लब मामेलोडी सनडाउन्स एफसीमाथि विजयी हासिल गरेको छ।

शनिबार राति भएको खेलमा डोर्टमण्डले ४–३ ले पराजित गरेको हो।

डोर्टमण्डको जितमा फेलिक्स मेका, सेरहोउ गुइरासी र जोब बेलिङघमले एक एक गोल गरे भने एक गोल सनडाउन्सका खुलिसो मुडाउले आत्मघाती गोल गरे।

त्यस्तै सनडाउन्सका लागि लुकास रिबेरियो कोस्टा, इकराम रेयनर्स र लेबो मोथिबाले एक एक गोल गरेका थिए।

जितसँगै डोर्टमण्डको दुई खेलबाट ४ अंकसहित समुह एफको दोस्रो स्थानमा छ भने सनडाउन्स समान खेलबाट ३ अंकसहित तेस्रो स्थानमा छ।


Swadesh Maharjan | June 22nd, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya